अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

भारतीय र चीनिया दूतावास अगाडि धर्ना

बिआरटीनेपाल २०७७ असार ४ गते ७:५४ मा प्रकाशित

भारत र चीनलाई युद्ध निम्त्याउने कुनै पनि गतिविधि नगर्न मानवअधिकार तथा शान्ति समाज नेपालले आग्रह गरेको छ । बिहीबार काठमाडौंस्थित भारत र चिनियाँ दूतावासअरु अगाडि शान्तिपूर्ण धर्नामा बस्दै समाजले यस्तो आग्रह गरेको हो ।

भारत र चीनबीचको युद्धले विश्वनै युद्ध उन्मुख हुन सक्ने भएकाले संयमतापूर्व वार्तामा बसेर समस्याको निकास निकाल्न उनीहरुको आग्रह गरेका छन् । धर्नामा उनीहरुले युद्ध,अपराध हो भन्दै दुवै मुलुकलाई समझदारी विस्तार गर्न आग्रह गरिएका प्लेकार्ड बोकेका थिए ।

भारत र चीनबीच युद्ध भए दक्षिण एशियाको शान्ति नै खलबलिन सक्ने भन्दै वार्ताबाटै समाधान खोज्न दुवै देशलाई उनीहरुले आग्रह गरेका छन् । गत सोमबार राति भारत र चीनका सेनाबीच सीमा क्षेत्र लद्धाखस्थित गलवान उपत्यकामा झडप हुंदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । दुई मुलुकबीच लामो समयदेखिको सीमा विवाद अहिले चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू