महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ५१ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८४ लाख ६८ हजार ७ सय २७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४४ लाख ३९ हजार ८ सय ५ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका अमेरिकामा १ लाख १९ हजार ९ सय ५२, इटालीमा ३४ हजार ४ सय ४८ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ५ सय ७५, बेलायतमा ४२ हजार १ सय ५३ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार २ सय ७२, जर्मनीमा ८ हजार ९ सय २७ , बेल्जियममा ९ हजार ६ सय ८३, ब्राजिलमा ४६ हजार ६ सय ६५, रसियामा ७ हजार ६ सय ६० र क्यानडामा ८ हजार २ सय ५४ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा १२ हजार २ सय ८०, पाकिस्तानमा ३ हजार ९३, बंगलादेशमा १ हजार ३ सय ४३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ४६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६७ जनामा भाईरसको संक्रमण देखिएको छ ।