अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 09:57

“भारत शान्ति चाहन्छ तर जवाफी कारबाही गर्नपनि सक्षम छ ”– प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७७ असार ३ गते ७:२२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शान्तिको पक्षमा रहेको बताउनुभएको छ । तर, उक्साएको खन्डमा उचित जवाफ दिन भारत सक्षम रहेको पनि उहाँले चेतावनी दिनुभयो । भारत–चीनको सीमावर्ती लद्दाखमा सोमबार राति भारत र चिनियाँ सैनिकबीच भएको हिंस्रक झडपपछि मोदीको यस्तो प्रतिक्रिया आएको हो ।

बुधबार कोरोनाभाइरसका विषयमा भारतका मुख्यमन्त्रीहरुसितको बैठकको सुरुमा उहाँले लद्दाखमा भारत–चीन सीमा विवादका विषयमा बोल्नुभएको हो ।सीमामा मारिएका आफ्ना सैनिकको शहादत व्यर्थ नजाने मोदीको भनाई थियो । प्रधानमन्त्री मोदीले भारतले कहिले–कसैलाई नउक्साएको भन्दै आफूहरु आफ्नो देशको अखन्डता र सम्प्रभुताका विषयमा सम्झौता पनि नगर्ने स्पस्ट पार्नुभयो ।

उहाँले आफ्नो स्वाभिमान र एक इन्च जमिनको पनि रक्षा गर्ने बताउनुभएको छ । त्यसक्रममा मोदीले लद्दाखस्थित भारत–चीन सीमाको गलवान उपत्यकामा मारिएका आफ्ना सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय