अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 10:00

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ हजार भन्दा धेरैको मृत्यु

बिआरटीनेपाल २०७७ असार ३ गते ७:१० मा प्रकाशित

भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा २ हजार भन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २ हजार ३ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय २२ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका १ लाख १३ हजार चार सय ४५ संक्रमित फेला परेका छन् भने ५ हजार ५ सय ३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार नौ सय ३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय