अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४
| Colorodo: 22:19
जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमामा रोकेको छ। सिरहाको ठाडी नाकाबाट मंगलबार उनी भारत जान लागेकी थिइन्। सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले भारतले आफ्नो देश छिर्न खुला गरेको नाका नभएकाले ठाडीबाट प्रवेश गर्न नदिइएको बताउनुभयो ।
भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए। गिरीको माइत भारत हो। भारत सरकारले भारतको बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ।
