अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८
| Colorodo: 13:13
नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिका लागि एक करोडको बीमा गर्न सरकारसँग माग गरेको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क बीमा गर्न माग गरेका हुन् ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको एक करोडको बीमा गर्नुपर्ने कांग्रेसले जनाएको हो । क्वारेन्टिनको सुधार गर्न र पीसीआर परीक्षण बढाउन पनि कांग्रेसले माग गरेको छ ।
कांग्रेसले न्यायपूर्ण ढंगबाट राहत वितरण गर्न, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्यायोजना सहित राहत प्याकेज घोषणा गर्न पनि माग गरेको छ ।
