अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

एसइइको आन्तरिक मूल्याङ्कनको तयारीमा विद्यालयहरू

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:४७ मा प्रकाशित

यसबर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएपछि नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरूको आकस्मिक बैठक बस्न थालेको छ । विद्यालयले यसअघिका परीक्षामा दिएको अङ्कले विवाद सृजना हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दे विद्यालयहरू विद्यार्थीको स्तरोन्नतीको तथ्याङ्क हेरफेरमा लागेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका अनुसार अब सम्बन्धित विद्यालयकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिनेछ ।

यसको लागि यसअघि लिइएको टेस्ट परीक्षाको मूल्याङ्कन एउटा महत्वपूर्ण आधार हुने भनिएको छ । तर कार्यविधी राम्रो नभए मापनको आधारमा वैधता नहुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँले अहिलेसम्म राम्रो छवि बनाएको नेपाली लब्धाङ्क पत्र विश्वभर बिक्न सक्ने विश्वसनिय हुनुपर्ने बताउनुभयो । एसईई नहुने निर्णयले देशभरका ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय