अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

सङ्क्रमण फैलनेगरी आन्दोलन नगर्न सरकारको आग्रह

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:४५ मा प्रकाशित

स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा असन्तुष्टि जनाउँदै मुलुकभरमा भइरहेको प्रदर्शन रोक्न कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले अनुरोध गरेको छ । पीसीआर परीक्षणको दायरा बढाउने निर्णय भइसकेको भन्दै क्वारेन्टाइन पनि सुधार गर्दै जाने निर्णय समितिको बैठकले गरेको हो ।

भीडभाड तथा प्रदर्शन रोक्न पनि आग्रह गर्ने निर्णय भएको समितिका सदस्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । आन्दोलनको क्रममा उठाइएका मागका बारेमा चाँडै नै अनुसन्धान गरी सार्वजनिक गर्ने समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय