अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४
| Colorodo: 20:49
नेपालमा यस बर्षको मनसुन भित्रिएको मौसमविद्ले बताएका छन् । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो । अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद् कँडेलले बताउनुभयो ।
