महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख २८ हजार २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७७ लाख ३२ हजार ४ सय ८५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३९ लाख ५६ हजार २ सय ७२ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ८ सय ८७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १६ हजार ८ सय २५, इटालीमा ३४ हजार २ सय २३ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय ७४ , बेलायतमा ४१ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ६ सय ५९, जर्मनीमा ८ हजार ८ सय ६३ , बेल्जियममा ९ हजार ६ सय ४६, ब्राजिलमा ४१ हजार ९ सय १, रसियामा ६ हजार ७ सय १५ र क्यानडामा ८ हजार ४९ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा ८ हजार ८ सय ९०, पाकिस्तानमा २ हजार ४ सय ६३, बंगलादेशमा १ हजार ९५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ४६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६२ जनामा भाईरसको संक्रमण देखिएको छ ।
