अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 07:45

कोरोना भाइरसविरुद्धको खोपको अन्तिम तथा बिस्तारित परीक्षण सुरु हुँदै

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:२१ मा प्रकाशित

औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोपको बिस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको स्पष्ट पारेको छ । अमेरिकी कम्पनी मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको छ । उसले बनाएको खोपको दुई चरणको परीक्षणमा सकारात्मक नतिजा आएको छ ।

सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएका छन् । सो खोपको वृहत परीक्षण अर्थात अन्तिम चरणको परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको मोदेर्नाले बिहीबार बताएको हो । तेस्रो चरणको परीक्षणमा स्वतन्त्र रुपमा खोपको डोज लिन तयार भएका ३० हजार मानिस सहभागी हुने छन् ।

मासाचुसेट्सको क्याम्ब्रिजमा रहेको बायोटेक कम्पनी मोदेर्नाले यो चरणको अध्ययनको प्राथमिक उद्देश्य कोरोना भाइरसका कारण लाग्ने लक्षण युक्त कोभिड १९ बाट जोगाउने रहेको जनाएको छ । यस्तै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु अर्को उद्देश्य रहेको मोदेर्नाले जनाएको छ ।

अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ । यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ । मोदेर्नाले प्रति वर्ष खोपको ५० करोड जोड आपूर्ति गर्ने र सम्भव भएसम्म सन् २०२१ को सुरुसम्ममा प्रति वर्ष एक अर्ब जोड उत्पादन गर्न सक्ने गरी काम भइरहेको उल्लेख गरेको छ ।

स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको हो। तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय