अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७
| Colorodo: 14:32
प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयक (बजेट), ०७७ राष्ट्रियसभामा पुगेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभामा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्णयार्थ बैठकमा पेस गर्दा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
असार १ देखि ४ गतेसम्म विनियोजन विधेयकका विभिन्न शीर्षक र सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्यक्रम तय भएको छ । विधेयकमाथि बोल्न चाहने सदस्यहरुलाई बैठक सुरु हुनुभन्दा एक दिनअघि नै नाम उपलब्ध गराउन भनिएको छ । राष्ट्रियसभाको अर्को बैठक जेठ ३२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
