अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:००
| Colorodo: 13:15
पोखरामा सरकारविरुद्ध प्रदर्शन गरिएको छ । देशमा कोरोना नियन्त्रणका लागि क्वारेन्टिन व्यबस्थित नभएको र कोरोना परीक्षणमा आरडिटी बन्द गरी शत प्रतिशत पिसीआर परीक्षण गर्न माग राख्दै सरकार विरुद्ध पोखरेली युवा सडकमा उत्रिएका हुन् ।
विश्व कोरोनाको महामारीमा परेको अवस्थामा शान्तिपूर्ण आन्दोलनका क्रममा युवाहरुले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। शान्तिपूर्ण तथा मौन प्रदर्शन भनिएपनि एक्कासी प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। जसका कारण केहिबेर प्रहरी र युवाबीच सामान्य झडपसमेत भएको थियो। झडपका क्रममा प्रहरीले नाराबाजीको नेतृत्व गरेका दुई युवालाई पक्राउ गरेको हो।
