अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 04:56

कोभिड–१९ का कारण विश्वभर ४ लाख १४ हजार ३ सय ७८ को मृत्यु, ७३ लाख ५४ हजार ३ सय ८० संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २८ गते ७:२६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख १४ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७३ लाख ५४ हजार ३ सय ८० जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३६ लाख २९ हजार ८८ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार १४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १४ हजार १ सय ६७, इटालीमा ३४ हजार ४३ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार २ सय ९६ , बेलायतमा ४० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ५ सय ६, जर्मनीमा ८ हजार ८ सय ३१ , बेल्जियममा ९ हजार ६ सय २९, ब्राजिलमा ३८ हजार ४ सय ९७, रसियामा ६ हजार ३ सय ५८ र क्यानडामा ७ हजार ८ सय ९७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ७ हजार ७ सय ५० , पाकिस्तानमा २ हजार २ सय ५५, बंगलादेशमा १ हजार १२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ५ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय