अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

भूमि फिर्ताको बिषयलाई पपुलिष्ट एजेण्डा नबनाउन कांग्रेस नेता प्रदीप गिरीको सरकारलाई सुझाव

बिआरटीनेपाल २०७७ जेठ २७ गते ७:३० मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धिको पक्षमा मतदान गरेर गरेको गल्ती सच्याउन सुझाव दिंदै भूमि फिर्ताको बिषयलाई पपुलिस्ट एजेण्डा नवनाउन सुझाव दिनुभएको छ । संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै गिरीले आफूले समेत महाकाली पक्षमा तत्कालीन संसदमा उभिएर गल्ती गरेकाले सच्याउनु पर्ने बताउनुभयो ।

गिरीले कांग्रेसले संशोधन विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको जानकारी गराउनुभयो । उहाँले भारतले अतिक्रमित भूमी फिर्ता ल्याउन प्रधानमन्त्री ओलीले आवश्यक तयारी नगरेको भन्दै आलोचना समेत गर्नुभएको छ । लिम्पियाधुरासहितको भूभाग फिर्ता ल्याउने विषयलाई पपुलिष्ट एजेण्डा नबनाउन गिरीले सरकारलाई सुझाव समेत दिनुभएको छ ।

मधेस केन्द्रित दलले उठाएको संविधान संशोधनको विषयलाई पनि ध्यान दिन आग्रह गर्दै उहाँले दलित, जनजाति, मधेसी, बेरोजगारका कुरा पनि सुन्नुपर्ने भएकाले गृह नीतिको सफलताविना विदेश नीति सफल नहुने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय