अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५
| Colorodo: 06:40
अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ। साँफेबगर नगरपालिका– ६ का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोमबार बिहान साढे आठ बजे आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए। उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए। आगो लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको थियो ।
