अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 05:04

कोभिड–१९ का कारण विश्वभर ४ लाख ६ हजार ५ सय ६४ को मृत्यु, ७१ लाख १४ हजार ८ सय ६१ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २६ गते ७:२७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७१ लाख १४ हजार ८ सय ६१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३४ लाख ७३ हजार ८ सय १९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ७ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १२ हजार ४ सय ७१, इटालीमा ३३ हजार ८ सय ९९ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार १ सय ५५ , बेलायतमा ४० हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ३ सय ५१, जर्मनीमा ८ हजार ७ सय ७६ , बेल्जियममा ९ हजार ६ सय ६, ब्राजिलमा ३७ हजार ३ सय १२, रसियामा ५ हजार ९ सय ७१ र क्यानडामा ७ हजार ८ सय जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ७ हजार २ सय ७ , पाकिस्तानमा २ हजार ६७, बंगलादेशमा ९ सय ३० जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ६९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय