अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 06:33

मेलम्ची खानेपानीबारे उठेका प्रश्नको बिट मार्ने बेला आएको छ– खानेपानी मन्त्री मगर

बिआरटीनेपाल २०७७ जेठ २६ गते ७:२३ मा प्रकाशित

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाबारे उठेका प्रश्नहरूलाई बिट मार्ने बेला आएको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरेर उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको उहाँले संसद्लाई जानकारी गराउनुभयो ।

खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन र कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै त्यसको अब अन्त्य हुन लागेको दावी गर्नुभयो ।

मेलम्ची खानेपानीको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू