अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

गएरातिको भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा

बिआरटीनेपाल २०७७ जेठ २५ गते २१:५३ मा प्रकाशित

आइतबार रातिको भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती जलमग्न भएका हुन् । बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो । सोमबार बिहानै वर्षा रोकिएपछि नदी तथा खोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय