अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 05:10

संसारमै दोस्रो कोरोना संक्रमित देश ब्राजिलले सरकारी वेबसाइटबाट सबै तथ्यांक हटायो

बिआरटीनेपाल २०७७ जेठ २५ गते ६:४८ मा प्रकाशित

राष्ट्रपति जायर बोलसोनारोले कोरोना महामारीको नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि ब्राजिलले सरकारी वेबसाइटबाट संक्रमित सम्बन्धी सबै तथ्याङ्क हटाएको छ। ब्राजिलले अबदेखि हरेक २४ घन्टामा संक्रमित र मृत्यु भएका व्यक्तिको मात्र तथ्याङ्क सार्वजनिक गर्ने भएको छ।

देशभर मृत्यु भएका कुल संक्रमित र मृतकको तथ्याङ्क सार्वजनिक गरिने छैन। राष्ट्रपति बोलसोनारोले संक्रमित र मृतकको कुल तथ्याङ्कले हालको स्थितिको चित्रण नगर्न बताउँदै आउनुभएको छ । ब्राजिल हाल विश्वमै धेरै कोरोना संक्रमित भएको दोस्रो देश बनेको छ।

ब्राजिलमा पछिल्लो समय दैनिक १ हजार जना भन्दा धेरैले ज्यान गुमाउँदै आएका छन्। हालसम्म ब्राजिलमा ६ लाख ७६ हजार ४९४ संक्रमित छन् भने ३६ हजार ४४ भन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको लकडाउनको सुझाबलाई समेत राष्ट्रपति बोलसोनारोले अस्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय