अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु , म्यानमारबाट आज २६ जना काठमाडौं आइपुगे

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:४७ मा प्रकाशित

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिएको छ । सरकारले आजै म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न नसकेको बताईएको छ ।

विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा १÷१ हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय