अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१
| Colorodo: 22:36
यूरोपियन यूनियनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्व स्वास्थ्य संगठनसँग सम्बन्धीत निर्णयमा पुर्नविचार गर्न अपिल गरेको छ ।
यूरोपियन यूनियनले जारी गरेको बयानमा संसार महामारीको चुनौतीसँग लड्नका लागि अनेक प्रयास गरिरहँदा अमेरिका विश्व स्वास्थ्य संगठनसँग अलग्गिदा त्यसले समस्या झन् निम्तिन सक्ने बताएको छ ।
साथै संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने लगायतका विषयमापनि पुर्नविचार गर्न युनियनले आग्रह गरेको छ ।