अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा प्रत्येक १ घण्टामा १० जना कोरोना भाइरसका सङ्क्रमित थपिदैं, संक्रमितको संख्या १ हजार ९ सय नजिक

बिआरटीनेपाल २०७७ जेठ १६ गते ८:२८ मा प्रकाशित

नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ सय संक्रमित थपिएर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार ६० जिल्लामा संक्रमण फैलिएको छ । मुलुकमा प्रत्येक १ घण्टामा सरदर १० जनाका दरले नयाँ संक्रमित थपिदै गएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी कपिलवस्तुका ४७ र त्यसपछि दैलेखका ४१ जनामा संक्रमण देखिएको छ । सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९ जनामा संक्रमण भएको छ । यस्तै बाँके र धनुषाका ७–७, पाल्पा, सुर्खेत र सिरहामा ५–५, नवलपरासी पूर्व र रुपन्देहीमा ४–४ झापा र महोत्तरीमा २–२ जनामा संक्रमण देखिएको छ ।

गुल्मी, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा १– १ जनामा संक्रमण भएको छ । आज सम्ममा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ सय ७५ रहेका रहेको र व्यवस्थापनमा तीनै तहका सरकारले सम्मन्वय गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ । आजसम्म नेपालमा द्रूत परिक्षण विधिबाट एक लाख १३ हजार सात सय ५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षण गरिएका छन् । नेपालमा कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय