अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९
| Colorodo: 16:14
अमेरिकामा कोरोनाका कारण अर्का एक नेपालीभाषीको मृत्यु भएको छ । अमेरिकाको जर्जिया राज्यको क्लार्कस्टन बस्ने भीमराज भजिया गुरूङको कोरोना भाइरसका कारण शनिबार निधन भएको छ । भुटानको चिराङ गोपीनीमा जन्मेका ४४ वर्षीय गुरूङ नेपालमा भने झापाको बेलडाँगी–२ शिविरमा बसेका थिए।
नेपालबाट अमेरिकामा पुर्नस्थापित भएपछि उनी जर्जियाको क्लार्कस्टनमा बस्दै आएका थिए । गुरुङ सन् २००८ मा स्थापित भुटानी गुरूङ समाज जर्जियाको सदस्य समेत रहेको बताईएको छ ।