अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

सिंहदरबार गेटअघि प्रहरीलाई हातपात गर्ने चिनियाँ नागरिक धरौटीमा रिहा

बिआरटीनेपाल २०७७ जेठ ८ गते ७:४६ मा प्रकाशित

सिंहदरबारको गेटअघि प्रहरीमाथि हातपात गर्ने ३ जना चिनियाँ नागरिक जनही ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटीमा छाडेको हो। दुई साताअघि चिनियाँहरुको एक समूहले चीन फर्कन पाउनुपर्ने माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए।

प्रहरीले स्थिति नियन्त्रण गर्न खोज्दा उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गरेका थिए। तीन दर्जन बढी चिनियाँहरुलाई नियन्त्रणमा लिइएको भएपनि हातपात गर्नेबिरुद्ध मात्र मुद्दा चलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय