अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३
| Colorodo: 16:08
लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका ७ जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जनालाई सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय दार्चूलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम र भारतीय पक्षबाट ज्यानमा खतरा हुनसक्ने भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको बताईएको छ ।
डिएसपी विष्टले अहिले दुवै देशको माहोल त्यति उचित नभएकाले लिपुलेक गइरहेकाहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट समेत खतरा रहेकाले उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
