अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

हवाई उडानमाथिको प्रतिबन्ध जेठ अन्तिमसम्म लम्बाइयो, सीमानाका पनि जेठ मसान्तसम्म नखुल्ने

बिआरटीनेपाल २०७७ जेठ ७ गते २२:०९ मा प्रकाशित

सरकारले जेठ १८ गतेसम्म प्रतिबन्ध लगाएको हवाई उडानलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । यस्तै सीमानाका पनि जेठ मसान्तसम्म नखोलिने भएको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाई उडानमाथिको प्रतिबन्ध र सीमानाका बन्द गर्न कार्यलाई अझ लम्ब्याउने निष्कर्ष निकालेको हो ।

समितिको यो निर्णय पछि घरेलु तथा अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक जेठ मसान्तसम्म कायम रहने छ भने सीमानाकाहरु पनि मसान्तसम्म खोलिने छैनन् । लकडाउन लम्ब्याएर जेठ २० सम्म पु¥याएको सरकारले हवाई उडान र सीमानाका सम्बन्धी निर्णय भने बुधबार मात्र लिएको हो ।

विदेशबाट आउन चाहने नेपालीहरुका लागि चाँडै हवाई उडान खोलिन अपेक्षा गरिए पनि यो निर्णय पछि स्वदेश फर्कन चाहने नेपालीका चाहना तत्काल पूरा नहुने अवस्था देखिएको छ । त्यसैगरी भारतसंगको सीमा पारि रहेका नेपालीहरुले पनि जेठ अघि आउन पाउने सम्भावना टरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय