महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार ७ सय ३१ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५० लाख ८५ हजार ५ सय ४ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २० लाख २१ हजार ६ सय ६६जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९४ हजार ९ सय ९४ , इटालीमा ३२ हजार ३ सय ३०, स्पेनमा २७ हजार ७ सय ८८ , फ्रान्समा २८ हजार १ सय ३२, बेलायतमा ३५ हजार ७ सय ४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार १ सय ८३, जर्मनीमा ८ हजार २ सय ७० , बेल्जियममा ९ हजार १ सय ५०, ब्राजिलमा १८ हजार ८ सय ९४, रसियामा २ हजार ९ सय ७२ र क्यानडामा ६ हजार ३१ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ४ सय ३४ , पाकिस्तानमा ९ सय ८५ , बंगलादेशमा ३ सय ८६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ८७, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।