अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण –स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ जेठ ६ गते ७:२८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुन सक्ने बताउनुभएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विश्व स्वास्थ्य महासभामा भिडिओबाट सम्बोधन गर्दै मन्त्री ढकालले कोरोनाभाइरस महामारीको सुरूवातदेखि नै उच्च राजनैतिक प्रतिवद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपदको प्रतिकार्य गर्दै आएको बताउनुभयो ।

कोरोना महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको मन्त्री ढकालको भनाइ छ । सो अवसरमा उहाँले कोभिड–१९ नियन्त्रणमा विश्व स्वास्थ्य संगठनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहना समेत गर्नुभयो ।

मन्त्री ढकालले कोरोनाविरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै महामारीका चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न विश्व समुदायलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय