अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:१२ मा प्रकाशित

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने तर अझै ठोस योजना बनाएपछि मात्रै निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको हो । पहिलो चरणमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई प्राथमिकता दिने भन्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तर कति मान्छे ल्याउनु पर्ने हो त्यसको राम्ररी गृहकार्य गर्ने, ल्याएपछि उनीहरूलाई कसरी क्वारेन्टाइनमा राख्ने, कसरी कोरोना परीक्षण गर्ने र उनीहरूको अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाउने र त्यसपछि सम्बन्धित देशका प्रतिनिधिसँग कुराकानी गर्ने मन्त्री भट्टराईले बताउनुभयो । त्यसपछि कुटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने उहाँको भनाइ छ ।

तर त्यसको एउटा ठोस प्रस्ताव आएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्ने र यस्तो योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल अफ्ठेरोमा परेका नेपालीलाई उद्दार गर्ने प्रस्तावित योजनाबारे बताउनुभएको थियो । तर, कहिलेसम्म ल्याउने भन्नेबारे बैठकले निर्णय गर्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय