अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ– नेकपा नेता रावल

बिआरटीनेपाल २०७७ जेठ ५ गते ७:३८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख एमसीसीसँग सम्बन्धित बिषय र त्यहिअनुरुप कार्यान्वयन भए नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने नेता रावलले ठहर गर्नुभयो । राष्ट्रहितविपरीत हुने एमसीसी परियोजना अन्तरगत देशको स्वाधीनता र स्वतन्त्र देशको हैसियतलाई पैसामा साट्न नसकिने उहाको भनाई छ । नेता रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा भने स्वागत योग्य रहेको रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय