अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७७ जेठ ५ गते ०:०२ मा प्रकाशित

कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार स्वाब संकलन गरिँदै। यही गाउँकी एक महिलाको कोभिड–१९ संक्रमणले मृत्यु भएपछि आइतबार उनका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो ।

नतिजा नेगेटिभ आएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यालयको समन्वयमा पठाउन लागिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय