अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२
| Colorodo: 05:37
नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि लक डाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय समन्वय समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथामको उपयुक्त विल्कप लक डाउन नै नभएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो।
नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने अहिलेसम्म २ सय ९५ जना व्यक्ति संक्रमित भएका छन्। यसअघि, उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको थियो। समितिले सरकारलाई लकडाउन लम्ब्याउन सुझाव दिएको थियो ।
