अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

बिआरटीनेपाल २०७७ जेठ ४ गते ७:३६ मा प्रकाशित

प्रहरीले पुर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएका समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप निर्णय हुने सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुुमराज खनालले बताउनुुभयो ।

अध्ययन गरी मुद्दा चलाउने÷नचलाउने वा अनुसन्धान बाँकी रहे थप अनुसन्धान गर्न फर्काउनेबारे निर्णय हुने उहाँले बताउनुुभयो । वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सासंद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए । त्यसअघि वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंले महोत्तरीको घटना भन्दै जाहेरी लिन मानेको थिएन ।

खनाल, बस्नेत र श्रेष्ठले वैशाख १० गते सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाएका थिए । पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उहाँकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय