महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ९ सय १० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ४९ लाख ८६ हजार ३ सय ३२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १९ लाख ५८ हजार ४ सय ९६ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९३ हजार ५ सय ३३ , इटालीमा ३२ हजार १ सय ६९, स्पेनमा २७ हजार ७ सय ७८ , फ्रान्समा २८ हजार २२, बेलायतमा ३५ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार १ सय १९, जर्मनीमा ८ हजार १ सय ९३ , बेल्जियममा ९ हजार १ सय ८, ब्राजिलमा १७ हजार ९ सय ८३, रसियामा २ हजार ८ सय ३७ र क्यानडामा ५ हजार ९ सय १२ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ३ हजार ३ सय २ , पाकिस्तानमा ९ सय ३९ , बंगलादेशमा ३ सय ७० जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ७८, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।