अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

भारतीय सेना प्रमुखको भनाइ खण्डन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७७ जेठ ४ गते ७:३१ मा प्रकाशित

भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले नेपालको भूमीबारे दिएको विवाददास्पद अभिव्यक्ति खण्डन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार सेना प्रमुखको भनाइ कुटनीटिक माध्यमबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको हो। उनले शुक्रबार लिम्पियाधुरा विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गर्दै नेपालले अनाआवश्यक बखेडा झिकेको अभिव्यक्ति दिएका थिए।

गत साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको उत्तरखण्डको पथौरागढबाट नेपाली भूमी अतिक्रमण गरी मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेको थियो। उक्त उद्घाटनपछि नेपाल सरकारले आपत्ति जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएको छ। सरकारका कुनै पनि आधाकारिक निकायले अहिलेसम्म सेना प्रमुखको भनाइ खण्डन नगरेपछि संसदीय समितिले सरकारलाई लिखित निर्देशन दिँदै नेपालको सार्वभौमसक्ता विरुद्धको अभिव्यक्तिको खण्डन गर्न भनेको हो।

समितिले विदेशमा अलपत्र परेका नागरिकको उद्धारका लागि तत्काल काम काम थाल्न पनि निर्देशन दिएको छ। नेपाली रहेको देशहरुलाई कोरोना प्रभावित अनुसार वर्गिकरण गरेर प्राथामिकताअनुसार उनीहरुलाई ल्याउन समितिले निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय