अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

मन्त्रिपरिषद् बैठक बस्दै, लकाउनका बारेमा थप निर्णय गरिने

बिआरटीनेपाल २०७७ जेठ ३ गते २२:३१ मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद्को बैठक आज बस्दैछ । लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ । जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।

समितिमा कोरोनाको प्रभाव कम देखिएका क्षेत्रमा लकडाउन खुकुलो र प्रभाव धेरै देखिएको ठाउँमा अझ कडा बनाउने विकल्पमा छलफल भएपनि कोरोनाबाट ज्यानै गएको तथा सङ्क्रमित पनि बढिरहेकाले लकडाउन लम्बिने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय