अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

झापाको केचनाकवलमा भारतीयद्धारा प्रहरीमाथी हमला प्रयास, सीमामा गोली चल्यो

बिआरटीनेपाल २०७७ जेठ ३ गते २१:५४ मा प्रकाशित

झापाको केचनाकवलमा शनिवार साँझ गोली चलेको छ । भारतीय नागरिकको ठूलो समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयका अनुसार भारतीय समूहले प्रहरीमाथि हमला प्रयास प्रहरीले फायरिङ गरेको होे ।

जिल्लास्थित सुरक्षा स्रोतले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेको जनाएको छ । झापा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार केचनाकवल गाउँपालिका–१ को घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेको सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । झण्डै डेढ सयजना भारतीय नागरिकको समूहले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले फायरिङ खोलेको जनाइएको छ ।

प्रहरीले गोली चलाएपछि भारतीय नागरिकको समूह तितरवितर भएको थियो । गत साता झापा गाउँपालिका–४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलर नजिक पनि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यो बेला पनि दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमण प्रयास गरेका थिए । तर भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकले गल्ती स्वीकार्दै माफी मागेपछि घटना टुङ्गिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय