अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

नागरिक समाजका अगुवाद्धारा लिपुलेकबारे सरकारलाई दवाव दिन अपिल

बिआरटीनेपाल २०७७ जेठ ३ गते ७:३६ मा प्रकाशित

नागरिक समाजका ३५ जना अगुवाहरुले लिपुलेकबारे सरकारलाई दबाब दिन अपील गरेका छन् । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले लिपुलेक, कालापानी, र लिम्पियाधुराको सुरक्षा गर्न सरकारलाई दबाब दिन आम जनसमुदायमा अपिल गरेका हुन् । उनीहरुले सम्पूर्ण नेपालीहरु दल, विचार र आस्थाभन्दा माथि उठी एकजुट हुन तयार छौं भनी सन्देश दिन आइतबारदेखि एक सातासम्म बेलुकी ८ बजे ५ मिनेटका लागि ब्ल्याकआउट गरेर वा बत्ती निभाएर ऐक्यबद्धता जाहेर गर्न पनि सबैसँग आग्रह गरेका छन्।

नागरिक अगुवाहरु भैरव रिसाल, धर्मपाल गुरु वसिष्ठ, गुरु श्रीनिवास, आदित्यमान श्रेष्ठ, द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई, श्रीहरि अर्याल, विपीन कोइराला, सोनाम साथी, नरेन्द्रराज खनाल, हिरण्यलाल श्रेष्ठ, जगत भुसाल, शेरबहादुर गुरुङ, बालकृष्ण न्यौपाने, ठाकुरमोहन श्रेष्ठ, रामकृष्ण थापा, डा. प्रेमसिंह बस्नेतलगायतले यस्तो अपील गर्नुभएको छ ।

त्यस्तै कमल बराल, शेखरजंग रायमाझी, दिलीप बस्नेत, रञ्जनकृष्ण खनाल, अनिल योगी, भुवन थापा, डा. अमोद दोम्जोन, सुदीप ढकाल, श्याम थापा, बिमल अधिकारी, रोशा श्रेष्ठ, सुरजित दत्त, युबी घिमिरे, साजन बिश्वकर्मा, महेन्द्र प्रसाई, लक्ष्मी अधिकारी, सगर खड्का र डा. सुरेन्द्र भण्डारीले पनि सर्वसाधारणलाई अपिल गर्नुभएको हो ।

नागरक अगुवाहरुले भारत “सरकार नेपाल छोड, नेपाल सरकार सिमा जोड” भन्दै सरकारको नीति तथा कार्यक्रममा ब्यक्त भए बमोजिम भूमि बचाउन सरकारलाई निम्न कार्य गर्न दबाब दिन पनि सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय