अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ जेठ ३ गते ७:२९ मा प्रकाशित

नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत थिए ।

दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय