अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

भारतसँगको सीमावर्ती क्षेत्रमा अझै सयौ नेपाली अलपत्र

बिआरटीनेपाल २०७७ जेठ ३ गते ७:२६ मा प्रकाशित

स्वदेश फर्किन पाउने प्रतिक्षामा प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा अझै १६ सय जना नेपाली रहेका छन् । ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको तथ्यांक रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भए पनि यकीन तथ्यांक आफूहरुसंग नभएको सम्बन्धित जिल्लाका अधिकारीहरुको भनाइ छ ।

स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमा नाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य रहेका छन् । कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन छाडेका छन् । कैंयौं नेपालीहरु बेखर्ची हुन थालेको र कतिपय विरामी समेत पर्न थालेको सीमामा रहेका नेपालीहरुले बताएका छन् । नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको छ । यसरी अलपत्र परेकामध्ये सबैभन्दा धेरै नेपालीहरु नौतनवामा छन् ।

त्यहाँका ९ वटा क्वारेन्टाइनमा २१ दिन बसाई पूरा गरेका नेपालीको संख्या अझै एक हजारको हाराहारीमा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय