महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनैपनि अस्पतालकर्मी कोभिड–१९ बाट संक्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खन्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा संक्रमण नदेखिएको जानकारी दिनुभएको छ ।
सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकारिताको विश्वसनीयता माथि प्रश्न उठ्न जाने भन्दै उहाँले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा अस्ति कोभिड–१९ पुष्टि भएको थियो ।
ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ । तर स्वास्थ्यकर्मिलाइ सङ्क्रमण भने नभएको अस्पतालले जनाएको छ ।
