अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४
| Colorodo: 07:29
सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ । शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।
सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि पहल गर्ने जनाएको छ। ती भूभाग समेटिएको नेपालको नक्सा जारी गर्ने सरकारले बताएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेपछि सरकारले विरोध जनाएको छ।
