अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१
| Colorodo: 10:16
साझा पार्टीले नेपाल–भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल–भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न माग गरेको हो ।
साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा हुने पनि बताउनुभयो ।
साझा पार्टीले देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुने भन्दै अहिले कोभिड–१९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खड्केको जनाएको छ ।