अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमानेको संख्या ३ लाख ४ हजार २ सय नाघ्यो, ४५ लाख ५६ हजार ९ सय संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २ गते ७:२८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४ हजार नाघेको छ । अहिलेसम्म विश्वभर ३ लाख ४ हजार २ सय १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाबाट ४५ लाख ५६ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १७ लाख २२ हजार ४ सय १२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८६ हजार ९ सय ४२ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार ३ सय ६८, स्पेनमा २७ हजार ४ सय ५९ , फ्रान्समा २७ हजार ४ सय २५ , बेलायतमा ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ९ सय २, जर्मनीमा ७ हजार ९ सय २८ र बेल्जियममा ८ हजार ९ सय ५९, ब्राजिलमा १४ हजार ५८, रसियामा २ हजार ४ सय १८ र क्यानडामा ५ हजार ४ सय ७२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ६ सय ५७ , पाकिस्तानमा ८ सय ३ , बंगलादेशमा २ सय ९८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ५३, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ५८ र भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय