अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी पनि अन्यौल

बिआरटीनेपाल २०७७ जेठ २ गते ७:१९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी पनि अन्यौल भएको छ । आज नेकपाको सचिवालय बैठक बसेपनि स्थायी कमिटिको बैठकबारे छलफल नभएपछि स्थायी कमिटि बैठक अन्यौलमा परेको हो । तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सरकारको नीति तथा कार्यक्रमपछि मात्र स्थायी कमिटिको बैठक बस्नेबारे छलफल हुने जानकारी गराउनुभएको छ ।

यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यको सुझाव मागेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय