अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

नेकपाले आकस्मिक सचिवालय बैठक बोलायो

बिआरटीनेपाल २०७७ जेठ १ गते २१:५१ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आकस्मिक रुपमा सचिवालय बैठक बोलाउनुभएको हो ।

बैठकका एजेण्डाबारे सचिवालय सदस्य अनविज्ञ रहेको बताईएको छ । आजै सरकारकको नीति तथा कार्यक्रम आउँदै गरेको अवस्थामा बिना एजेन्डा बैठकमा बोलाइएको सचिवालय सदस्यहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा एकताको भोलि (शनिबार) तीन वर्ष हुँदैछ। यसअघि, कोरोना भाइरस सक्रमणको बहाना बनाउदै ओलीले वैशाख ३१ गते दोस्रोपटक निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्नुभएको थियो । त्यसअघि वैशाख २५ गते निर्धारण गरिएको बैठक स्थगित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय