अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

पूर्वराजारानीको झापाबाट काठमाडौं जाने सवारी पास गृह मन्त्रालयद्धारा खारेज

बिआरटीनेपाल २०७७ जेठ १ गते ७:०६ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाह काठमाडौँ जानका लागि झापा जिल्ला प्रशासनले जारी गरेको सवारी पास गृह मन्त्रालयले खारेज गरिदिएको छ । झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको जानकारी दिनुभयो ।

पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो। गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो।

गृह मन्त्रालयले सोमबार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय