अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

‘पीसीआर’ परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७७ जेठ १ गते ६:५४ मा प्रकाशित

सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणका लागि आमनागरिकको जीवनरक्षा गर्न तत्कालै ‘पीसीआर’ परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिइएको हो ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । कोरोनासँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरेपनि अदालतले भने विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय