अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 08:16

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ९३ हजार ३ सय ४८ जनाको मृत्यु, ४३ लाख ६३ हजार ११ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख ३१ गते ७:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर २ लाख ९३ हजार ३ सय ४८ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४३ लाख ६३ हजार ११ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १६ लाख १३ हजार ३ सय ३९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८३ हजार ४ सय ४९ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ९ सय ११, स्पेनमा २६ हजार ९ सय २० , फ्रान्समा २६ हजार ९ सय ९१ , बेलायतमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ७ सय ८३, जर्मनीमा ७ हजार ७ सय ५६ र बेल्जियममा ८ हजार ८ सय ४३, ब्राजिलमा १२ हजार ४ सय ६१, रसियामा २ हजार २ सय १२ , क्यानडामा ५ हजार १ सय ६९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ४ सय ४० , पाकिस्तानमा ७ सय ३७ , बंगलादेशमा २ सय ६९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ३२, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय १९ र भुटानमा ११ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय